डकुमेन्ट्री फिल्म पनि यति राम्रो हुन्छ ! – रेखा थापा 


काठमाडौं । नेपाल खेलकुद महासंघको आयोजनामा राजधानीमा शुक्रबारबाट दुई दिने ‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिबल २०१५’ शुरु भएको छ। फेस्टिबलको अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापा र राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान हरि खड्काले संयुक्त रुपमा उद्घाटन गरे।

Nepali Actress Rekha Thapa

कार्यक्रममा रेखाले आफु नेपालमा बनेको डकुमेन्ट्रीबाट प्रभावित भएको जनाउँदै अब डकुमेन्ट्रीका बारेमा आफुले केही नराम्रो नभन्ने खुलाईन्। ‘डकुमेन्ट्री पनि यति राम्रो हुन्छ भन्ने मैंले सोचेको पनि थिईंन। नेपाली फिल्म डकुमेन्ट्री जस्तो बन्यो भनेर म स्वयम् गाली गर्ने गर्थें। तर, अब आइन्दा म डकुमेन्ट्री फिल्मलाई हेप्दिंन। मैंले सोचे भन्दा धेरै राम्रो डकुमेन्ट्री हेर्न पाएँ।’ उनले भनिन्।

रेखा र हरिले एभरेष्ट म्याराथुनका विश्व किर्तिमानी नेपाली धावक हरिबहादुर रोकायमाथि निर्माण भएको ‘हरी बहादुर’ डकुमेन्ट्रीको संयुक्त रुपमा उद्घाटन गरेका थिए। टिएस ठकुरी र जेएन शाह निर्देशित यो डकुमेन्ट्री ४० मिनेट लामो छ। त्यस्तै गिरीस गिरी निर्देशित ३० मिनेट लामो ‘टिम नेपाल’ को पनि फेस्टिभलमा प्रदर्शन गरिएको छ।

फेस्टिबलको पहिलो दिन खेलकुद सम्बन्धी ७ वटा डकुमेन्ट्री देखाइएको थियो भने शनिवार ६ वटा डकुमेन्ट्री देखाइदै छ। नेपालमा पहिलो पटक आयोजना गरिएको यो फेस्टिबललाई मोडल ग्लोबल भिसाज् कन्सलटेन्सीले प्रायोजन गरेको छ।

SUBSCRIBE 👉