बलिउड महानायक अमिताभ बच्चन एक स्टाइलिस अभिनेताको रुपमा पनि चिनिने गर्छन्। हालसालै उनलाई फेसन आइकन अवार्डबाट सम्मानित गरिएको छ। मुम्बईमा आयोजित ‘फिल्मफेयर ग्ल्यामर स्टाइल एन्ड फेसन’ कार्यक्रममा उनलाई टाइमलेस फेसन आइकनको अवार्ड वाट सम्मानित गरिएको हो।
फेसन र स्टाइलका लागि निकै गम्भिर हुने अमिताभ युवा कलाकारको भीडमा अहिले पनि छुट्टै पहिचान बनाउन सफल छन्। ‘बिग बी’को नामबाट परिचित बच्चन जहाँ पुगे पनि आफ्नो छाप छाड्ने गरेका छन्। पुरस्कार पाएर आफू धेरै खुसी भएको बच्चनले आफ्नो ब्लगमा उल्लेख गरेका छन्।
सोहि कार्यक्रममा सोनम कपुर ‘दी ट्रेन्ड स्याटर अफ दी इयर’को अवार्डबाट सम्मानित भएकी छिन। फेसनमा छुट्टै छाप बनाएकी सोनम पनि कान फिल्म फेस्टिभललगायत अन्य धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टभिल्सको रेड कार्पेटमा समेत हिँडिसकेकी छन्।