सरिना बनिन् नयाँ मिस नेवा


काठमाडौं । नेप्लिज फेसन होमले राजधानीमा आयोजना गरेको ‘मिस नेवाः ११३५’ को ताज काठमाडौंकी सरिना स्थापितले जितेकी छन् । २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताजसँगै २५ हजार रुपैयाँ र अन्य उपहारहरु पनि पाइन् । प्रतियोगितामा फष्ट र सेकेण्ड रनरअप बनेका उरुषा शाक्य र जेन्नी महर्जनले ताजसँगै क्रमशः १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाए ।

Sarina Sthapitप्रतियोगितामा अनिता महर्जनले ‘मिस ट्यालेन्ट’, सिर्जना बज्राचार्यले ‘बेस्ट नेपाल भाषा’, सिरपा श्रेष्ठले ‘मिस फ्रेन्डसिप’, निस्ला शाक्यले ‘मिस चार्मिङ’, मालिका डंगोलले ‘मिस डिसिप्लिन’, बनिशा राजवाहकले ‘मिस पर्सनालिटी’, नेमिका मालीले ‘मिस बेस्ट हेयर’, रस्मिता धौभडेलले ‘मिस बेस्ट स्किन’, उर्मिला श्रेष्ठले ‘मिस बेस्ट स्माइल’ र ‘बेस्ट अटायर’, दृष्टिता मैया नकर्मीले ‘मिस फोटोजेनिक’ र रेखा मुलेपति श्रेष्ठले ‘मिस पब्लिक च्वाइस’ को अवार्ड जिते ।

मिस नेवा – फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतियोगितामा भाइराजा तुलाधर, प्रदीपमान शाक्य, सुरेश प्रधान, उज्ज्वलकृष्ण श्रेष्ठ, अनुपा श्रेष्ठ, महेश्वर श्रेष्ठ, प्रदीपमान प्रधान, लक्ष्मी महर्जन, मिलन शाक्य तथा राजु महर्जन निर्णायक थिए । प्रतियोगिताको यो दशौं संस्करण हो ।

SUBSCRIBE 👉