मिस लिम्बु सिजन ३ को काठमाण्डौ अडिसनमा ९ सुन्दरी छानिए


Miss Limbuमिस लिम्बु सिजन ३ को काठमांडौ अडिसन द र्याम्प मोड्लिंग एजेन्सी पुतलीसडकमा सम्पन्न भएको छ। आवेदन दिएका ३० जना लिम्बु सुन्दरीहरु मध्ये बाट उत्कृष्ट ९ जना अडिसनमा छानिएका छन्। अडिसनमा काठमाडौ, ताप्लेजुंग, इलाम, झापा, धनकुटा, तेह्रतुम संखुवासभा,पाँचथर, मोरंग सुनसरी लगाएतका जिल्लाहरुबाट लिम्बु सुन्दरीहरुले सहभागिता जनाएका थिए। सुदरिहरुको अडिसन भिजे युगल पोमो, फेसन कोरियोग्राफर जयन सुब्बा, नायक नरेनखड्का, रंग पत्रकार एम.पि. सुब्बा, एलिना थलङ्ग, कृष्ण सुब्बा र पभेल उदाशले गरेका थिए।

Miss Limbuअन्तिम चरणको अडिसन पछि छानिएका सुन्दरीहरुलाई फाईनल प्रतियोगिताको तयारीकालागि फेसन कोरियोग्राफर एव पत्रकार जयनसुब्बा मानन्धरले व्यत्तित्व विकास लगायत अन्य आवश्यक कक्षा दिने छिन। याक्थुङ्ग युथ एसोसिएसले आयोजना गर्ने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा काठमांडौ स्थीत राष्ट्रिय नाचघरमा २०७१ चैत्र २१ गते भव्य ढंगबाट गरिने कार्यक्रमसंयोजक रुक्मान लिम्बुले जानकारी गराएका छन्।

SUBSCRIBE 👉