कलेज डिभा अफ द इयर २०१५ मा १७ किशोरीहरुको प्रतिस्पर्धा


रिबन इन्टरटेनमेन्ट प्रालिले कलेज पढ्दै गरेका किशोरीहरुबिचको सौन्दर्य प्रतियोगिता कलेज डिभा अफ द इयर २०१५ आयोजना गर्ने भएको छ। गत वर्ष फेश अफ द इयर, चिल्ड्रेन अफ द इयर र मिस टीन अफ द इयरजस्ता विभिन्न उमेर समूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरिसकेको आयोजकले आगामी चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर आयोजना गर्न लागेको हो। प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले स्पर्धा गर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक निशु झाले जानकारी गराएका छन्।
college diva of the year contestant
प्रतियोगितामा सहभागी किशोरीहरुका लागि विभिन्न विषयका विज्ञहरुबाट एक महिना लामो मास फेसिङ, व्यक्तित्व विकास र आत्मविश्वास, नेतृत्व क्षमता र विकास, जीवन शैली र कला, लागू पदार्थ र अपराधविरुद्धको चेतना, बाल र महिला अधिकारी, सकरात्मक सोचको विकास, पर्यटनको विकास, क्याटवकजस्ता विविध विषयको प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको झाले बताए। उनका अनुसार स्पर्धीहरुले महिला र सामाजिक सेवासम्बन्धी विभिन्न संघ संस्थाको भ्रमण गरेर ज्ञानसमेत बटुलीरहेका छन्। आगामी चैत ७ गते ट्यालेन्ट राउन्ड हुने प्रतियोगिताको कोरियोग्राफी अश्वीनी झाले गर्दै छन्।

SUBSCRIBE 👉