रोजिना बनिन मिस आइडियल


काठमाडौं । रोजिना तामाङले ‘मिस आइडियल २०१५’ को उपाधि चुमेकी छन । उनले एकेडेमी अवार्ड र सिम पर्सनालिटीसहित २० हजार रुपैयाँ पुरस्कार पनि हात पारिन् । चावहिलस्थित आइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलले आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक आयोजना गरेको प्रतियोगीतामा चेसुङ लिम्बु र दिक्षा जिम्बा क्रमश फस्ट र सेकेन्ड रनरअप घोषित भए । चेसुङले मिस पपुलरसहित १० हजार रुपैया र दिक्षाले मिस फेसबुक च्वाइस र मिस स्माइल उपाधीसहित ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

Rojina Tamangआइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलमा दस जोड दुईमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगीतामा सुजाता लामाले बेस्ट क्यावक र मिस फोटोजेनिक, अस्मिता खडकाले मिस मिस पंचुअल, रोशनी नेपालले मिस इन्टेलिजेन्सको उपाधि प्राप्त गरेका छन । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँंदै आएको यस आइडियल उच्च माबिले यस प्रतियोगीतालाई वार्षिक रुपमा आयोजना गर्ने जनाएको छ ।

मिस आइडीएल २०१५ को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, सञ्चारकर्मी अशोकप्यासी राई, शिक्षासेवी रेनु लामा र मिरा लामा निर्णायक रहेको प्रतियोगीतामा पेमा सेर्पाले मिस डिस्सिप्लिन, पवित्रा सुब्बाले मिस फ्रेन्डसिप र गीता तामाङले मिस ब्युटीफुलको उपाधी जिते। सो अवसरमा स्कुलका पुर्वविद्यार्थी एवं चर्चित कलाकार प्रमोद निर्वाण, सञ्जिव सिंहलगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए ।

SUBSCRIBE 👉