युरोपियन युनियन फिल्म फेस्टिवलमा नि:शुल्क १९ फिल्महरु हेर्न पाईने


EU Film Festivalराजधानीमा युरोपेली फिल्महरुको भब्य मेला हुने भएको छ। युरोपियन युनियन फिल्म फेस्टिवल शनिबार देखि राजधानीको कुमारी हलमा हुँदैछ। चौथो पटक आयोजना हुन लागेको यो फेस्टिवल विगत तीन वर्षदेखि लगातार आयोजना हुँदै आएको छ। २१ मार्च देखि २५ मार्च सम्म ५ दिन सम्म हुने फेस्टिवलमा १९ देशका १९ फिल्महरु प्रदर्शन हुनेछन्। फेस्टिवलको उद्घाटन २० मार्च शुक्रबार हुने भएको छ, सो दिनमा ‘प्याडिङटन’ उद्घाटन फिल्मको रुपमा देखाइनेछ। जुन फिल्म सन् २०१४ मा रिलिज भएको थियो।

‘हरेक वर्ष एउटा विषयमा केन्द्रित फिल्महरुलाई प्रदर्शन गर्ने गरिएको छ। गत वर्ष महिलाहरुको विषयमा तयार भएका फिल्महरुलाई महोत्सवमा समावेश गरिएको थियो। यो वर्ष ‘भ्वाइसेज अफ दि युथ’ नारा सहित नेपाली युवाहरुलाई प्रोत्साहन गर्ने फिल्महरुलाई प्राथमिकता दिइएको छ। युरोपियन युनियन अन्तर्गतका देशहरुको फिल्मलाई महोत्सवमा समावेश गरिएको छ। ‘डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल’ले गरेको यो महोत्सवमा फिल्महरु निशुल्क हेर्न पाइने व्यवस्था गरेको छ।

फेस्टिवलमा देखाईने फिल्महरुको मिति । समय । फिल्म र देश को नाम
EU Film Festival Screening schedule

SUBSCRIBE 👉