महिला हिंसाविरुद्ध प्रियंकाको यस्तो रुप


काठमाडौं । नेपालको एक मात्र पुरुष पत्रिका ‘टीएनएम(द नेपाली मेन)’ले केही समयदेखि बढ्दै गएको महिला हिंसाका विरुद्ध विशेष अंक प्रकाशन गरेको छ । अभिनेत्री प्रियंका कार्कीलाई आवरणमा प्रस्तुत गरिएको पत्रिकाको विशेष अंक शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

Priyanka Karkiअभिनेत्री प्रियंका र पत्रिकाका प्रमुख कार्यकारी अधिकृत अजयध्वज थापाले विशेष अंक सार्वजनिक गरे । कार्यक्रममा अभिनेत्री प्रियंकाले महिला हिंसा विरुद्ध सबैजना एकजुट हुनुपर्ने बताईन् भने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि महिला हिंसा विरुद्ध महिला सशक्तिकरणको खाँचो औल्याए ।
Priyanka Karkiकार्यक्रममा वुमन्स् नेपाल नामक संस्थाले हिंसा मुक्त समाजको स्थापनाको माग गर्दै नाटक देखाएको थियो भने शिवना श्रेष्ठ र दिक्षान्त महराले केही गीत गाएका थिए । पत्रिका सफ्टरक मिडियाले प्रकाशन गरेको हो ।

SUBSCRIBE 👉