मिस इन्डिजिनियस नेशनालिटीमा ५९ जातजाति


Miss Indigineousकाठमाडौं । आदिवासी युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस इन्डिजिनियस नेशनालिटी–२०१५’ मा विभिन्न ५९ जातजातिका युवतीहरुले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । आयोजक आरजी ईन्टरटेन्मेन्टका अनुसार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत कुनै पनि जातीका युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

सूचीकृत भएका जातजातिमा कुसुन्डा, वनकरीया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे, कुशवाडिया, माझी, सियार, ल्होमी (शिङसावा), थुदाम, धानुक, चेपाङ, सातार (सन्थाल), थामी, झागड, बोटे, दनुवार, वरामु, सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, राजवंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरीया, पहरी, तोक्पेगोला, डोल्पो, मुगाल आदि छन् । १६ वर्षदेखि २४ वर्ष उमेर समुहका ३५ जना युवतीहरुले भाग लिने यो प्रतियोगिताका लागि आवेदन फाराम यसै सातादेखि खुला गरिएको हो ।

वैशाख १२ गते शनिवारका दिन आयोजना हुने अडिसनबाट छनौट भएका प्रतिस्पर्धि युवतीहरुबीच जेठ महिनाको तेस्रो साता प्रज्ञा भवन, कमलादीमा सम्पन्न हुने ग्रँन्ड फिनालेमार्फत विजेताको छनौट गरिने आयोजक संस्थाले जनाएको छ ।

SUBSCRIBE 👉