ट्राफिक नियम सिकाउँदै पूर्वाञ्चल सुन्दरी


Miss Purbanchalकाठमाडौं । पूर्वाञ्चलकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस मिस पुर्वाञ्चल’को उपाधिका लागि प्रतिष्पर्धारत सुन्दरीहरुले हालै इटहरीको सडकमा ट्राफिक नियमबारे चेतना जगाएका छन् । दुईसातादेखि बन्द प्रशिक्षणमा रहेको पुर्वमा प्रशिक्षणकै क्रममा इटहरी चौकमा ट्राफिक सचेतनाका लागि पुगेका हुन् । प्रशिक्षणक अन्तर्गत नै फाइनलिष्टहरुलाई सामाजिक कार्यमा सरिक गराउने उद्धेश्यले उनीहरुलाई इटहरीमा ट्राफिक सचेनता कार्यक्रममा सहभागी गराइएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको सहयोगमा भएको कार्यक्रममा मिस पूर्वाञ्चलमा सहभागी फाइनलिष्टहरुलाई क्षेत्रीय ट्राफिक कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाले सहजीकरण गरेका थिए । प्रतियोगिताको फाइनल चरणको लागि छनौटमा परेका फाइनलिष्टहरुलाई व्यक्तित्व विकास, आम सञ्चार, सडक दुर्घटना नियन्त्रण, ब्युटी टिप्स्, क्याटवक लगायतका विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ ।

Miss Purbanchalचैत्र अन्तिम साता हुने प्रतियोगिताको फाइनल चरणका लागि १४ जना सुन्दरीहरु सहभागी रहेका छन् । २०१० देखी सुरु भएको प्रतियोगिताको फाइनल प्रतिष्पर्धा धरान सभा गृहमा हुने प्रतियोगिताका संयोजक सौरभ श्रेष्ठले बताए । प्रतियागिताको विजेताले मिस पुर्वाञ्चलको ताजसहित यामाहाको स्कुटी, उपविजेताले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैंयाँसहित विभिन्न उपहारहरु पाउने छन । त्यसै गरी विजेताले मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्ने अवसर पाउने छन् । प्रतियोगिताका विजेता उपविजेतासँगै मिस ट्यालेण्ट, मिस भ्युर च्याइस, मिस क्याटवक, वेष्ट चार्मिङ वेष्ट पर्सानानिटि, वेष्ट फोटोजेनिक हुनेले समेत जनही ७ हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।

SUBSCRIBE 👉