भारतीय फेसन शोमा नेपाली कुमारी


काठमाडौं । अमेजनले भारतको राजधानीमा नयाँदिल्लीमा आयोजित फेशन शोको दोस्रो दिन भारतीय डिजाइनर समन्त चौहानले नेपाली देवीदेवता झल्कने पहिरनको कलेक्सन प्रस्तुत गरेकी छन् । पछिल्लो सातवटा संस्करणमा राजपुताना कलेक्शन प्रस्तुत गर्दै आएकी समन्तले यसपटक नेपालकी जीवित देवता भनेर चिनिने कुमारीबाट प्रभावित भएर कुमारीको पहिरन प्रस्तुत गरेकी छन् । नेपालमा कुमारीको पुजा गर्ने प्रचलनलाई समन्तले निकै महत्वपूर्ण किसिमले प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Kumari Fashionशोको शुरुवातमा नेपालको संस्कृति झल्काउने भिडियो स्क्रिनमा देखाइएको थियो । त्यसपछि ¥याम्पमा एउटी सानी नानी कुमारीको पहिरन र मेकअपमा देखिइएकी थिईन् । यो कलेक्सनमा देवीहरुको सात रुप–सन्ध्या, सरस्वती, त्रिधामूर्ति, कालका, सुभागा, उमा, मालिनी, कुब्जिका, कालसर्नभा, अपराजिता, रुद्रानी, भैरवी, महालक्ष्मी, पिथानायिका क्षेत्रग्या र अम्बिका प्रस्तुत गरिएको थियो ।
Fashion-Showसमन्ताको पुरै कलेक्सन डिजाइन अफ बाइट र क्रिम कलर्समा रहेको थियो । जसमा गोल्डेन धागो प्रयोग गरिएको थियो । जुन रंगले पावनता र शुद्धतालाई दर्शाएको थियो । शोमा समन्तका अलावा राहुल गान्धी, रोहित खन्ना, हेमन्त, नन्दिता, रीना ढाका, मालिनी रमनी, डेबिड अब्राहम, राकेश ठाकुरको कलेक्सन पनि प्रस्तुत गरिएको थियो ।

SUBSCRIBE 👉