नुवाकोटमा बाग्मती लोकदोहोरी अवार्ड


काठमाडौं । ऐतिहासिक जिल्ला नुवाकोटको त्रिशुलीमा सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा बाग्मती अञ्चलस्तरीय ‘प्रथम बाग्मती लोकदोहोरी अवार्ड २०७२’ हुने भएको छ । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अवार्डका अध्यक्ष किरण अधिकारीले आगामी वैशाख ११ गते नुवाकोटमा अवार्ड हुने बताएका हुन् ।
Dohori Awardउनका अनुसार उत्कृष्ठ गायिका, उत्कृष्ठ गायक, उत्कृष्ठ लय, उत्कृष्ठ शब्द, उत्कृष्ठ भिडियो निर्देशक, उत्कृष्ठ मोडल महिला, उत्कृष्ठ मोडल पुरुष, उत्कृष्ठ छाँयाकार र उत्कृष्ठ सम्पादक विधामा अवार्ड प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा उत्कृष्ठ ५ को मनोनयन पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममै फिल्म पत्रकारिता सम्बन्धी नयाँ अनलाईन हाम्रो फिल्मीको पनि शुभारम्भ गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले अनलाईनको लोगो सार्वजनिक गरेका थिए ।

SUBSCRIBE 👉