चितवनमा छोरीको साथ रामकृष्ण ढकालको सांगीतिक साँझ हुने

Ram Krishna Dhakal

Ram Krishna Dhakal

आगामी चैत २७ गते चितवनको टांडीमा रामकृष्ण ढकाल सांझ हुने भएको छ। लामो समयदेखी नेपाली सांगीतिक बजारमा चर्चामा रहदै आएका रामकृष्ण ढकालले चितवनमा दोस्रो पटक आफ्नो प्रतुती दिन लागेका हुन्। सौराह चोक टांडीमा रहेको होटल गंगोत्री हाइवेमा हुने सो कार्यक्रम सोसाइन्ज मिडिया प्रा.लिले आयोजना गर्न लागेको हो। कार्यक्रममा ढकालले आफ्ना कर्णप्रिय दर्जन भन्दा बढी गित गाउनेछन्।

कार्यक्रममा ढकाललाई उनकी छोरी रानी ढकालले समेत साथ दिने भएकी छिन्। प्राय कार्यक्रममा ढकाल आफ्ना छोरीका साथमा देखीने गरेका छन्। रामकृष्णको चितवनको कार्यक्रमलाई आयोजकले छारीलाई निकै प्राथामिकतामा प्रचारप्रसार गरिरहेको छ। कार्यक्रममा ढकालका साथै हांस्य कलाकार दिपक राज गिरीले समेत आफ्नो प्रस्तुती दिने बुझिएको छ।

SUBSCRIBE 👉