मिस पुर्वाञ्चल सुन्दरीहरुको ट्यालेण्ट [फोटो ग्यालरी सहित]


सन्तोष काफ्ले । धरान
मिस पुर्वाञ्चल २०१५ मा सहभागी सुन्दरीहरुहरुले बुधबार आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन्। मिस पुर्वाञ्चलको उपाधी होडमा रहेका अधिकांश सहभागीहरुले नृत्य प्रस्तुतगरेका थिए भने दूइ जनाले सहभागीले गायन र एक जनाले वक्तृत्वो कला प्रस्तुत गरेका थिए।
miss-purwanchal-2015-talent-showगायक सुमित खड्का, सपन श्रेष्ठ र एपी शेर्पा तथा एनआरएन हङकङका सल्लाकार धन थापा, नृत्य निर्देशक देवराज खड्का, साउण्ड इञ्जिनियर सुन्दर श्रेष्ठ निर्णायक रहेको ट्यालेण्ट सोमा उत्कृष्ट प्रस्तुती दिने सहभागीलाई प्रतियोगिताको फाइनलमा नगद ७ हजार र उपहारहरु प्रदान गरिने छ।

miss-purwanchal-2015-talent-roundट्यालेण्ट सो संगै शनिबार होटल एसोसिएसन भेडेटार को संयोजनमा धनकुटाको नाम्जेमा सञ्चालनमा रहेको होम स्टेको प्रर्बद्धन गर्ने उद्येश्यले मिस पुर्वाञ्चलका फाइनलिष्टहरुको एक दिने होमस्टे कार्यक्रम गरिने आयोजकले जनाएको छ। साथै धरानमा स्कुटी र्याली, पर्यटकीय तथा धार्मीक क्षेत्रका सरसफाई र जेब्रा क्रसिङ निमार्ण लगाएतका कार्यक्रम गरिने प्रतियोगिताका संयोजक लक्ष्मण श्रेष्ठले वताए। प्रतियोगितामा सुनसरी मोरङ झापा उदपुर लगाएतका जिल्लाका १४ जना सहभागीहरु रहेका छन्।

SUBSCRIBE 👉