राष्ट्रिय दोहोरीमा २७ दोहोरी साँझ


Dohori Photoकाठमाडौं । राजधानीमा शुक्रबारबाट ‘अन्तर दोहोरी साँझ स्तरीय रोयल शुज राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड’ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले लोक तथा दोहोरी गीतको विकासका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले ‘सिमसिमे पानीमा’ बोलको गीत पनि गाएका थिए ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले सरकारको कुनै पनि निकायले लोक तथा दोहोरी गीतलाई वास्ता नगरेको बताउँदै मन्त्रीसमक्ष ज्ञापन पत्रसमेत बुझाए । प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका सम्पूर्ण संघसंस्था क्रियाशील भएर सबै क्षेत्रबाट रोयल्टी संकलन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोक तथा दोहोरी गीतको क्षेत्रमा उल्लेख्य योगदान दिने नरहरि न्यौपाने, लक्ष्मी सापकोटा, नारायण सत्याललाई सम्मान गरिएको थियो । आइतबारसम्म चल्ने दोहोरी प्रतियोगितामा २७ वटा दोहोरी साँझहरु प्रतिष्पर्धी छन् ।

SUBSCRIBE 👉