दोहोरी प्रतियोगितामा नेपाली दोहोरी साँझलाई उपाधि


लोक तथा दोहोरी प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत रनिङ शिल्ड’ नेपाली दोहोरी साँझले जितेको छ । उपाधिसँगै नेपाली दोहोरीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित रनिङ शिल्ड प्राप्त पनि गर्यो।
nepali lok dohari winnerत्यस्तै बाग्लुङ कालिका दोहोरी साँझ बसपार्कले दोस्रो स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ र लजालु दोहोरी साँझ बिजुलीबजारले तृतीय स्थान हासिल गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगितामा राजु केसी र डिला वि.क. उत्कृष्ठ गायकगायिका बने भने उत्कृष्ट भेषभुषाको सम्मान मायालु दोहोरी साँझले पायो । कलाकारको अनुशासनमा पुरुषतर्फ रिमझिम दोहोरी साँझका श्रीराम अधिकारी र महिलातर्फ लजालु दोहोरीकी चिनु घर्ती उत्कृष्ठ बने।

७ हजार ७ सय ७७ रुपैयाँ राशिको पृथ्वी थकाली दोहोरी सम्मानबाट गायिका हरिमाया रायमाझी बुटवल, गायक चिजकुमार गुरुङ, लजालु दोहोरी साँझ र बबिता बानियाँ जेरी छहारी दोहोरी साँझले सम्मानित भए। अन्तर दोहोरी साँझहरुको यस रनिङ शिल्डमा २७ वटा दोहोरी साँझहरु सहभागी रहेका थिए भने फाइनलमा ७ खेल अर्थात् १४ टिमले प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिसहित ७ वटा समन्वय समितिहरुले लोकदोहोरी प्रतिष्ठान कलाकार कल्याणकारी कोषलाई ५१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग प्रदान गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङसहित नारायण रायमाझी, रमेश बिजी, बद्री पराजुली, दुर्गा रायमाझी, रामचन्द्र अर्याल, तेजबहादुर केसी, शर्मिला गुरुङलगायतको टोली निर्णायकमा रहेका थिए ।

SUBSCRIBE 👉