मिस एसएलसीलाई ब्रिजकोर्स


काठमाडौं । एसएलसी दिएर उच्च शिक्षाको तयारीमा लागेका छात्राहरुलाई लक्षित गर्दै बन्दना कला केन्द्रले ‘साइपल मिस एसएलसी–२०१५ को चौथो संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगितामा सहभागिताका लागि आवेदन फाराम खुल्ला गरिएको कला केन्द्रले जनाएको छ ।

Miss SLCविगत ४ वर्षदेखि कला केन्द्रले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ । अघिल्ला प्रतियोगिताहरु झैं यसपटकको प्रतियोगितामा पनि सहभागिताका लागि प्रत्येक छात्राले एसएलसी परिक्ष्ाँ दिएको हुनु पर्नेछ । आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार मिस एसएलसी–२०१५ को आवेदन फारम बुझाएसंगै क्याम्ब्रिज इन्स्ट्रिच्यूट नया“ वानेश्वर तथा चावहिलमा निःशुल्क ब्रीजकोर्सको कक्षा लिने पाउनेछन् । यसका लागि मिस एसएलसी–२०१५ को आवेदन फाराम वैशाख १८ सम्म भरि सक्नु पर्नेछ ।

आवेदन फाराम संकलन गरेपछि वैशाख १९ पूर्वी नेपालमा तथा वैश्ाँख २६ गते काठमाडौंमा अडिसन गरिनेछ । अडिसनबाट छनौट हुने प्रतिस्पर्धिहरुलाई करिव डेढ महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइनेछ । प्रतियोगिताका निर्देशक अर्पण राईका अनुसार मिस एसएलसी–२०१५ को ग्रँन्ड फिनाले असार महिनाको पहिलो साता काठमाडौंमा सम्पन्न हुनेछ । प्रतियोगिताको कोरियोग्रँफी किराती ब्रिन्दले गर्नेछन् ।

SUBSCRIBE 👉