आशिष र पासाङ बने मिस्टर एण्ड मिस आइडियल


काठमाडौं । यसवर्षको मिस्टर आइडियल आशिष कर्माचार्य र मिस आइडियल पासाङ बनेका छन् । आइडियल उच्चमावि चाबहिलले शुक्रबार १२ औ फेयरवेल कार्यक्रम आयोजना गरेर आशिष र पासाङलाई सम्मान गरेको हो । सम्मानसँंगै यी दुईले समान १०–१० हजार रुपैया हात पारे ।
Farewellयसैरी अमृत ढकाल र साम्तेन डोल्मा लामा फस्र्ट रनर अप भए । फेयरवेल कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य र गितहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा १२ कक्षाको परिक्षा दिने विद्यार्थीलाई विदाई गरिएको थियो । फेयरवेलको अवसर पारेर उच्चमाविका उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

वार्षिक खेलकुदका विजेतालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । विजेतालाई आइडियलका निर्देशक पूर्ण लामा, संस्थापक रेनु लामा, कोर्डिनेटर श्यामबाबु पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

SUBSCRIBE 👉