र्याडिसनमा रिदम नाईट्स


काठमाडौं । नयाँ वर्ष २०७२ लाई भव्य रुपमा स्वागत गर्न राजधानीको पाँचतारे होटल होटल ¥याडिसनमा सोमबार साँझ ‘रिद्म नाईस् २०७२’ हुने भएको छ । एबीसी टेलिभिजनले सिग्मण्ड रोयल स्ट्यागसँग सहकार्य गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
New Year Eveकार्यक्रमको व्यवस्थापन बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट र फेम नेपालले गर्नेछ । बेटर ग्यालेक्सीका सिईओ धिरज तण्डुकारका अनुसार कार्यक्रमलाई सांगीतिक बनाउन चर्चित गायक नविन के भट्टराईसहित उनको व्याण्ड ‘अतृप्त’, गायिकाद्वय सुमन गुरुङ र शशी रावलको गायन प्रस्तुति हुनेछ भने चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’का कलाकार कक्रोच र बलेले दर्शकलाई हँसाउनेछन् । यसैगरी सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ कार्यक्रमको सोज टपर बन्नेछिन् ।

‘यीबाहेक विभिन्न मोडलहरुले ¥याम्पमा फेशन शो गर्नेछन्,’ धिरजले भने, ‘काईरा बुटिक र कोहिनुर बुटिकबाट डिजाईन गरिएका पहिरनमा मोडलहरु शोमा उत्रनेछन् ।’ कार्यक्रममा डीजे रे, डीजे निले र डीजे च्यान्टेको पनि डिजे शेसन हुनेछ । इभेन्टको कोरियोग्राफी धिरज तण्डुकारले नै गर्नेछन् ।

SUBSCRIBE 👉