१८ वर्षीया प्रियंका श्रेष्ठ बनिन छैठौं मिस पूर्वाञ्चल २०१५


बिराटनगरकी १८ वर्षीया प्रियंका श्रेष्ठले छैठौं मिस पूर्वाञ्चल २०१५ को उपाधि हाशिल गर्न सफल भएकी छन्। धरानको सभागृहमा बिहिबार साँझ आयोजित प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन्। मुख्य निर्णायक रहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष डा. बिक्रम श्रेष्ठको प्रश्नमा उत्कृष्ट जवाफ दियर विजेता बनेकी हुन्।

miss purwanchal 2015

यसैगरी, धरानकी २० वर्षीया अनु राई फष्टरनर अप भइन् भने झापा दमककी १८ वर्षिया प्रमिशा बज्रचार्य सेकेण्ड रनरअप भइन्। विजेता प्रियंकालाई गत वर्षकि विजेता नेमिता आङबुहाङ लिम्बु, अनु राईलाई गत वर्षकी फष्ट रनरअप तेञ्जिङ तामाङ र प्रमिशा बज्रचार्यलाई गत वर्षकी सेकेण्ड रनरअपनिलम थापाले ताज पहिराइदिईन।

अन्तिम टप ५ का प्रतिस्पर्धीलाई मुख्य निर्णायक श्रेष्ठको प्रश्न थियो- ‘फेसबुकमार्फत् साथी बनेकाहरु बिहे गरेका छन्, यसलाई तपाईँ के भन्नुहुन्छ?’ तीन मिनेटको समयमा प्रियंकाले लेखेकी थिइन्- ‘विश्वभर सामाजिक सञ्जालहरु प्रख्यात छन्, यसबाट युवाहरु पनि प्रभावित हुन्छ। बिहे पनि गर्छन्। मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एक अर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि बिहे हुनसक्छ।’

विजेता प्रियंकाले उपाधि ताजसहित यामाहा स्कुटी हात पारिन् भने हङकङ भ्रमणको अवसर पनि पाइन्। यस्तै, भेडेटार होटल एसोसिएशनको पर्यटन दूत, आशरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पनि उनी सद्भावना दूत घोषित भएकी छन्। फष्टरनर अप अनुले नगद ४० हजार र बैंकक भ्रमणको अवसर पाइन् भने सेकेण्ड रनरअप प्रमिशाले नगद ३० हजार र पोखरा भ्रमणको मौका हात परेकी छिन।

प्रतियोगितामा विजेता प्रियंकाले मिस पब्लिक च्वाइसको टाइटल पनि जितिन्। फष्ट रनरअप अनुले मिस ट्यालेण्टको टाइटल जितिन् भने मिस चार्मिङ सायरा लिम्बु, मिस पर्सनालिटी सञ्जु मल्ल ठकुरी, मिस फ्रेण्डसिप मिशाल श्रेष्ठ, मिस फोटोजेनिक समुना लिम्बु र मिस वेष्ट वाक सरुपा थापा मगरले जितिन्।

SUBSCRIBE 👉