मिस नेपाल २०१५ को ताज ईभाना मानन्धरको शिरमा


हिडन ट्रेजर मिस नेपाल २०१५ को ताज ईभाना मानन्धरले जितेकी छिन। काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै उनी यो वर्षको मिस नेपाल घोषित भएकी हुन्। मिस नेपाल- २०१५ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले ताज लगाइ दिइन्।मिस नेपाल- २०१५ विजेता ईभाना मानन्धरले मिस वर्ल्ड- २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। दिव्यता बैध फस्ट रनर अप भईन भने मेधा कोइराला सेकेन्ड रनर अप भएकी छिन।
miss-nepal-2015-photo-1ईभानाले मुख्य उपाधि सहित मिस इन्टेलेक्चुअल, मिस गस गर्ल र मिस पर्सानालिटी उपाधि समेत हासिल गरेकी छिन।

को हुन् इभाना ?
मिस नेपाल-२०१५ मा सहभागिता जनाउन अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी हुन् इभाना । अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभाना मानन्धर ५ फिट ४ इन्च अग्ली छिन् । इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् । गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् । इभाना पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन्।

miss nepal 2015 photoप्रतिस्पर्धी सुन्दरीहरुले अन्य विभिन्न १० विधामा पुरस्कार जितेका छन्। विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो। मिस फोटोजेनिक दिव्यता बैध, मिस स्कुलर अफ द इयर उपाधी सुदिपा पाठक, मिस कप्लेक्सन निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन्। यस्तै गरि मिस ट्यालेन्ट पूजा श्रेष्ठ, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विजेता सोनु थापा मगर, ब्यूटी विथ त पर्पज रेविका क्षेत्रीले जितेका छन्।