युरोपेली सङ्घको चलचित्र महोत्सव काठमाडौँमा


celebrating-woman-european-film-festival-in-kathmandu

European Union Film Festival “celebrating women” – Click On Image To View Large !

ग्ल्यामर नेपाल, काठमाडौँ। आउँदो फागुन ८ देखि ११ गतेसम्म राजधानीमा युरोपेली संघको चलचित्र महोत्सव हुने भएको छ । नयाँदिल्ली र काठमाडौं स्थित सङ्घका कूटनीतिक नियोग र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गर्ने उक्त चलचित्र महोत्सवको ‘सेलिब्रेटिङ विमेन’ (नारी सम्मान) नामकरण गरिएको छ ।

महोत्सवमा १६ युरोपेली मुलुकका महिलाको जीवनमा आधारित चलचित्र प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा युरोपेली प्रतिनिधिमण्डका राजदूत रेन्जी टिरिङ्कले जानकारी गराइन् ।

महिला सशक्तीकरण, उनीहरुको अधिकारको प्रवर्द्धन र ऐक्यबद्धता जनाउन सो प्रदर्शनीको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा बेलायत, डेनमार्क, जर्मनी, इटाली, फ्रान्स, फिनल्यान्ड, स्लोकाभिया, लुथानिया, हङ्गेरी, अस्टि्रया, बुल्गेरिया, चेक रिपब्लिक, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र स्विडेनका चलचित्र समावेश गरिएका छन् ।

SUBSCRIBE 👉