सक्कलीभन्दा नक्कली धेरै लाइक

नक्कली फेसबुक पेजबाट नराम्रो पोष्ट हुन थालेपछि मेनुकाले सार्वजनिकरुपमा सफाई दिनु परेको छ। शुक्रबार आफ्नो सक्कली एकाउन्टमार्फत नक्कली पेज बनाउने र पोष्ट गर्नेसँग आहत भएको उल्लेख गरेकी छन्।


Menuka Pradhan Nepali Actressफ्यानसँग प्रत्यक्ष संवाद गर्न सेलिब्रेटीका लागि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल फलदायी भएका छन्। सामाजिक सञ्जालले फ्यानको दायरा बढाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ तर चन्द्रमामा पनि दाग भएजस्तै सामाजिक सञ्जाल बेलाबेला सेलिब्रेटीका लागि तनावको कारण बन्छ, खासगरी नक्कली पेज तथा एकाउन्टले । नायिका मेनुका प्रधान यस्तै पीडाले छट्पटाएकी छन्।

नक्कली फेसबुक पेजबाट नराम्रो पोष्ट हुन थालेपछि मेनुकाले सार्वजनिकरुपमा सफाई दिनु परेको छ। शुक्रबार आफ्नो सक्कली एकाउन्टमार्फत नक्कली पेज बनाउने र पोष्ट गर्नेसँग आहत भएको उल्लेख गरेकी छन्। नक्कली पेज लाइक नगर्न फ्यान संग उनको आग्रह छ।

menuka-pradhan-fake-facebook-pageतर रमाइलो कुरा के हो भने मेनुकाको सक्कलीभन्दा नक्कली पेजको लाइककर्ता बढी छन्। मेनुकाले नै लाइक गर्नु भन्दै शेयर गरेको पेज जम्मा ३ हजार ७ सयले लाइक गरेका छन्। जबकी नक्कली पेज लाइक गर्नेको संख्या १० हजार ७ सय नाघेको छ। फेसबुक पेज भेरिफाइड नभएर मेनुका जस्तै दुख पाउने सेलिब्रेटीको संख्या धेरै छ नेपालमा। पछिल्लो समय रेखा थापा, केकी अधिकारी, प्रियंका कार्कीलगाएतका हिरोइनको पेज भने भेरिफाइड भएको छ।

मेनुका प्रधानको ग्ल्यामरस तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉