रापती म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाणपत्र


music-award-photo1ग्ल्यामर नेपाल, काठमाडौं । रापती म्यूजिक अवार्डमा मनोनयनमा परेका स्रष्टाहरुमध्य उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ। राजधानीमा आयोजित एक समारोहमा उनिहरुलाई प्रमाण पत्र बितरण गरिएको हो।

अवार्ड समारोह आगामी ११ गते राजधानीको सभागृहमा आयोजना हुदैछ। मनोनयमा पर्न सफल भएका स्रष्टा एवं सिर्जनालाई संयोजक सन्तोष श्रेष्ठ, निर्णायक कमिटीका पत्रकार शान्ति प्रिय, बुद्ध सायमी लगायतले प्रमाणपत्र वितरण गरेका थिय।

कार्यक्रममा गीतकार योगेन्द्रमणि दाहाल, देवन गिरी, संकल्प सुवेदी, गणेश चौलागाईं, संगीतकार राजु सिंह, अर्जुन पोखरेल, श्रीकृष्ण बममल्ल, गायिका मिलन अमात्य, दुर्गा परियार, सीमा शाह, गायक एवं गीतकार कस्तुप पन्त, एरेन्जर किशोर थापा, गायक सन्तोष अधिकारी, रेशम सापकोटा, नायक गजित विष्ट लगायतकाको उपस्थिति थियो।

रापती समाजको आयोजनामा हुदै आएको अवार्डको यो तेस्रो संस्करण हो। यसभन्दा अघि रापती अञ्चलका कलाकार र सिर्जनालाई मात्र समावेश गरेर आयोजना गरिदै आइएको अवार्डमा यसपटक देशब्यापी बनाइएको छ। अहिले प्रमाण पत्र बितरण गरिएका उत्कृष्ट पाँच मध्यबाटनै उत्कृष्ट एक चयन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमका झलक तस्वीरहरु हेर्नुहोस

SUBSCRIBE 👉