को-को बन्ला मिस एण्ड मिस्टर एस.एल.सी. अफ द इयर २०१५ ?


रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्र छात्रालाई प्रतिस्पर्धामा उतार्ने भएको छ। भूकम्पबाट त्रसित र अन्यौलमा परेका छात्रछात्रालाई सामान्य जीवनतर्फ उन्मुख गर्ने उद्येश्यले आागामी असार १७ गते मिस एसएलसी अफ द इयर २०१५ र मिस्टर एसएलसी अफ द इयर २०१५ मा स्पर्धा गराउन लागेको हो।

miss slc of the yearराजधानीको राष्ट्रिय नाचघरमा हुने मिस एसएलसी अफ द इयर २०१५ र मिस्टर एसएलसी अफ द इयर २०१५ मा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपसागै क्याटवक, पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, व्युटीफुल, हृयाण्डसम, सोसेएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, ट्यालेण्ट, वेष्ट स्पीच, फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेण्डली, वेष्ट फिजीक्स, वेष्ट हेयर, भ्युअर्स च्वाइस र मेनेजमेन्ट च्वाईस विधामा विजेता छानिने रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए। उनका अनुसार छात्र र छात्रा दुबैतर्फको प्रतियोगिताका प्रमूख उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्तीको व्यबस्था गरिनेछ भने आईएलटीए, टफेल र भाषाको कोर्षका साथमा विभिन्न गिफ्ट हृयाम्परको व्यबस्था गरिनेछ। त्यसै गरी विजेता छात्राका लागि एयरहोस्टेज तालिमको व्यबस्था गरिने झाले बताए।

mr slc of the yearप्रतियोगिहरुलाई कोरियोग्राफी, ग्रुमिङ, स्वीमिङ, व्यक्तित्व विकास, चित्रकला, शृंगार, जुम्बालगायत विभिन्न विधाको प्रशिक्षण दिईरहिएको उनले जनाएका छन्। मिस एसएलसी अफ द इयर २०१५ मा २६ जनाले स्पर्धा गर्दैछन्। त्यसै गरी मिष्टर एसएलसी अफ द इयर २०१५ मा १४ जनाले स्पर्धा गर्दैछन्। प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन्।

SUBSCRIBE 👉