मिस टीन एसएलसी २०१५ । असार १६ गते राष्ट्रिय नाचघरमा


miss teen slc 2015एसएलसी दिएर उच्च शिक्षा आर्जनको तयारीमा रहेका छात्राहरुका लागि स्टार वन इन्टरटेनमेन्टले मिस टीन एसएलसी २०१५ आयोजना गर्ने भएको छ। आागामी असार १६ गते राजधानीको राष्ट्रिय नाचघरमा हुने मिस टीन एसएलसी २०१५ मा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपका साथमा क्याटवक, पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, व्युटीफुल, सोसेएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, ट्यालेण्ट, वेष्ट स्पीच, फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेन्डली, वेष्ट फिजीक्स, वेष्ट हेयर, भ्युअर्स च्वाइस र मेनेजमेन्ट च्वाईस विधामा विजेता छानिने स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले जानकारी गराएकी छिन्।

उनका अनुसार प्रतियोगिताका प्रमूख उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्तीको व्यबस्था गरिनेछ भने आईएलटीए, टफेल र भाषाको कोर्षका साथमा विभिन्न गिफ्ट हृयाम्परको व्यबस्था गरिनेछ। त्यसै गरी विजेता छात्राका लागि एयरहोस्टेजको तालिमको व्यबस्था गरिने छ। अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न हुने प्रतियोगिताका प्रतियोगिहरुलाई कोरियोग्राफी, ग्रुमिङ, स्वीमिङ, व्यक्तित्व विकास, चित्रकला, शृंगार, जुम्बालगायत विभिन्न विधाको प्रशिक्षण दिईरहिएको छ। रिवन इन्टरटेनमेन्टको व्यबस्थापनमा हुने प्रतियोगितामा २७ किशोरीले स्पर्धा गर्दैछन्।

SUBSCRIBE 👉