मिस पूर्वाञ्चल सुन्दरीहरुको स्कुटी र्‍याली


miss-purwanchal-yamaha-scoty5

ग्ल्यामर नेपाल, सुनसरी। रातो टिसर्ट लगाएका सुन्दरीहरुको लस्कर स्कुटीमा बजार घुम्दा शुक्रबार धरान बजारमा रमिता मय भयो। बजारका व्यापारीदेखि सडकमा हिडिरहेकाहरुलाई रमिता देखाउने सुन्दरी थिए, मिस पूर्वाञ्चलका सहभागीहरु। यहि फागुन १२मा फाईनल प्रतिष्पर्धा हुन लागेको मिस पूर्वाञ्चलका सहभागी युवतिहरुलाई आयोजकले कार्यक्रमको प्रचारका लागि र्‍यालीमा सहभागी गरायो। प्रतिष्पर्धाको अन्तिम चरणमा पुगेका सहभागीहरु र्‍याली मार्फत धरानका विभिन्न चौक र बजार घुमे। बजारका विभिन्न स्थानहरुमा पुगेर फोटो सुट गर्दै र्‍यालीमा हिडेका उनिहरुले धरानको मुख्य भागको परिक्रममा गरे। धरान ८ स्थित गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकको आयोजनामा मिस पूर्वाञ्चलका सहभागी युवतिहरुले यामाहाको रे स्कुटीको र्‍यालीमा सहभागी भएका हुन्।

यामाहा शो रुम धरान ८ बाट सुरु भएको स्कुटी र्‍याली धनकुटे रोड, बुद्धचौक, विपी प्रतिष्ठान, रत्नचौक, मंगलबारे, कल्याणचौक, पुतलीलाईन, भानुचौक, छाताचौक, लक्ष्मीचौक, जिरोप्वाईन्ट, फुस्रे, अमरहाट, पुरानो बजार, एभरेष्टलाईन, श्यामचौकहुादै बरगाछी स्थित शो रुममा पुगेर समापन भएको थियो । यसअघि विभिन्न सामाजिक कार्य, पर्यटन प्रवर्द्धन, रक्तदान लगायतमा सहभागी भएका उनिहरु प्रतियोगीताको अन्तिम बाहिरी कार्यक्रमका रुपमा र्‍यालीमा सहभागी भएको इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए।

Watch Photos !

SUBSCRIBE 👉