मिस एण्ड मिस्टर एसएलसी अफ द इयर २०१५ को ट्यालेन्ट सो


रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्र छात्राका बिच आयोजना गर्न लागेको मिस एसएलसी अफ द इयर २०१५ र मिस्टर एसएलसी अफ द इयर २०१५ का प्रतिस्पर्धीहरुले आफुभित्र निहीत विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। भूकम्पबाट त्रसित र अन्यौलमा परेका छात्रछात्रालाई सामान्य जीवनतर्फ उन्मुख गर्ने उद्येश्यले आागामी असार १७ गते राजधानीमा आयोजना गरिन लागेको प्रतियोगिताका स्पर्धीहरुले शनिबार राजधानीमा आयोजित ट्यालेन्ट शोमा आफुभित्र लुकेर रहेका प्रतिभा प्रदर्शन गरेका हुन्।

Mr And Miss SLC Of The Year 2015 (15)दुबै प्रतियोगिताअन्र्तगतका स्पर्धी छात्र छात्राले मिष्टर र मिस ट्यालेन्ट उपाधिका लागि प्रतिभा प्रदर्शन गरेका हुन्। ट्यालेन्ट शोमा स्पर्धीहरुले अभिनय, नृत्य, गायन, चित्रकला, बक्तृत्वकलालगायतका प्रतिभा प्रदर्शन गरी आफुलाई अब्बल देखाउने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा चलचित्र निर्देशक सुमन दाहाल, नायिका नन्दिता केसी, फ्लाईटेकका प्रमूख कार्यकारी अधिकृत नाजिर हुसेन, फेशन डिजाइनर तथा चलचित्र निर्मात्री पूनम गौतम र सञ्चारकर्मी सरोज प्याकुरेल निर्णायक रहेका थिए।

राजधानीको राष्ट्रिय नाचघरमा हुने मिस एसएलसी अफ द इयर २०१५ र मिस्टर एसएलसी अफ द इयर २०१५ मा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपसागै क्याटवक, पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, व्युटीफुल, हृयाण्डसम, सोसेएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, ट्यालेण्ट, वेष्ट स्पीच, फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेन्डली, वेष्ट फिजीक्स, वेष्ट हेयर, भ्युअर्स च्वाइस र मेनेजमेन्ट च्वाईस विधामा विजेता छानिने रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए। उनका अनुसार छात्र र छात्रा दुबैतर्फको प्रतियोगिताका प्रमूख उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्तीको व्यबस्था गरिनेछ भने आईएलटीए, टफेल र भाषाको कोर्षका साथमा विभिन्न गिफ्ट हृयाम्परको व्यबस्था गरिनेछ। त्यसै गरी विजेता छात्राका लागि एयरहोस्टेज तालिमको व्यबस्था गरिने झाले बताए।

मिस एसएलसी अफ द इयर २०१५ मा २५ र मिष्टर एसएलसी अफ द इयर २०१५ का १२ जनाले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गर्दैछन्।

SUBSCRIBE 👉