भुकम्प पिडितलाई सहयोग गर्न बार्सिलोनामा फिरिरि एकता फेशन सो । फोटो फिचर


फिरिरि युरोपले नेपाली दुतावास सँग मिलेर संयुक्त रुपमा नेपालका भुकम्प पिडितहरुलाई सहयोग गर्नका लागि बार्सिलोनामा फेशन शो आयोजना गरेका छन् । शोलाई फिरिरि डिजाइनर मार रोड्रीग्युजले गर्मीको कलेक्सन स्वरुप डिजाइन गरेका हुन् । उक्त शो साास्कृतिक रुपमा नेपालको सिर्जना र विविधततका लागि उदाहरण बनेको थियो। शोमा नेपाली समुदाय सहित हजारौं मानिसहरुको उपस्थिती रहेको थियो।

Firiri-Fashion-SHow-in-Barcelonaकार्यक्रममा फरिरिका प्रमुख कार्यकारी निर्देशक राजु थापाले भने – ‘मानब हितका लागि यस्ता शो एनजीओहरु, प्रेस, मोडलहरु, अन्य संस्था र फिरिरिका सुभचिन्तकहरु संग सहकार्य गरेर आगामि दिनमा पनि गर्न चाहन्छौं।’ निर्देशक लौरा राबोट थप्छिन्,’नेपालीहरु शाहसिला र मिहिनेतीको रुपमा परिचित छन्। सबै नेपालीहरु एकजुट भई पक्कै यो विपदको घडीमा नेपालको पुर्ननिमार्ण गर्नेछन्।’

उक्त शोमा रागिबिरंगी फिरिरिका उत्पादनहरु प्रदर्शन गरिएको थियो र २० प्रतिशत उत्पादन नेपाली दुतावासलाई हस्तान्तरण गरिएको थियो।

हेर्नुहोस् केहि तस्विरहरु । ठुलो तस्विर हेर्न सानो तस्विरमा क्लिक गर्नुहोस्

SUBSCRIBE 👉