मिस एसएलसी आईकन २०१५ का प्रस्तिस्पर्धिलाई छानी छानी कलेज !


एसएलसी उतीर्ण गरेका छात्राहरुलाई आत्मविश्वास बृद्धी तथा भविष्यमा अगाडि बढ्न मार्गप्रशस्त गर्ने उद्येश्यले अल नेपाल पब्लिकेशनले यस वर्ष पनिसौन्दर्य स्पर्धामा उतार्ने भएको छ। यस वर्ष एसएलसी उतीर्ण गरेका छात्राहरुलाई मिस एसएलसी आईकन २०१५ शिर्षकको स्पर्धामा उतार्न लागिएको हो।
miss slc icon 2015दोश्रो संस्करणको यो प्रतियोगितामा राजधानीका विभिन्न विद्यालयबाट एसएलसी उतीर्ण गरेका एक दर्जन छात्राबिच स्पर्धा हुने भएको छ। आगामी असार २३ गते बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने मिस एसएलसी आईकन २०१५ का स्पर्धी किशोरीहरुलाई व्यक्तित्व विकास, कुसल बोलिचालीको अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस राग र समय व्यवस्थापन, स्टेज परफरमेन्स, टेबल म्यानर र मोडलिङबारेको ज्ञानका साथमा स्वीमीङ, फोटोसेसन, अवलोकन भ्रमणजस्ता गतिविधीमा सरिक गराईरहेको आयोजक संस्था अल नेपाल पब्लिेकेशनका प्रवन्ध निर्देशक लब बहादुर कार्कीले जानकारी गराए। उनका अनुसार प्रतिस्पर्धी किशोरीहरुलाई सम्बन्धित विषयका विज्ञहरुद्धारा यी विषयमा प्रशिक्षण र ज्ञान दिइरहिएको छ।

अश्विनी झाको कोरियोग्राफी र शम्भु प्रसाद रेग्मीको संयोजनमा सम्पन्न हुने प्रतियोगितामा यस वर्ष सबै प्रतियोगीहरुलाई कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ती प्रदान गरिने प्रवन्ध निर्देशक कार्कीले बताए। उनका अनुसार प्रतियोगिकै छनौटमा पेन्टागन कलेज, जिएस कलेज, आइडल मोडेल उच्च माध्यमिक विद्यालय, भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालय र साइपल एकेडेमीमध्ये एकमा ११ र १२ कक्षा अध्ययन गर्न सक्नेछन्।

अल नेपाल पब्लिकेशनले यसअघि मिस नेपाल आइकन, मिसेस नेपाल आइकन र किड्स आइकनजस्ता विभिन्न उमेर र वर्गका लागि प्रतिभा प्रदर्शन तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

SUBSCRIBE 👉