वर्षा महर्जनलाई ‘मिस एस.एल.सी. २०१५’ को ताज


बन्दना कला केन्द्र काठमार्डौले शनिवार आयोजना गरेको ‘मिस एसएलसी-२०१५’ को उपाधी वर्षा महर्जनले जितेकी छिन्। राष्ट्रिय नाचघरमा भएको प्रस्तिस्पर्धामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले मिस एस.एल.सी.को उपाधी जितेकी हुन्। उनले मिस पर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन्। निर्णायक मण्डलका संयोजक प्राध्यापक हेमराज कार्कीको ‘यस पटकको भूकम्पबाट के शिक्षा पाउनु भयो ? भन्ने प्रश्नको आकर्षक जवाफ दिदै वर्षाले मुख्य उपाधी जितेकी हुन्। प्रतियोगितामा सान्त्वना राईले फस्ट रनर्स अप, नयनतारा राईले सेकेन्ड रनर्स अप, निष्ता सिग्देलले थर्ड रनर्स अप तथा एन्जिसा शाहीले फोर्थ रनर्स अपको उपाधी जित्न सफल भए।
Miss SLC 2015 Photo (51)प्रतियोगिहरुलाई उनीहरुको प्रस्तुतीका आधारित विभिन्न शीर्षक एवार्डले सम्मानित गरियो। जसमध्ये प्रमिला पौडेलले फ्रेन्डसिप, नयनतारा राईले बेस्ट स्किन, निष्ता सिग्देलले बेस्ट डिस्टिङसन, गरिमा थापा मगरले बेस्ट ड्रेस, सिसम लामाले वेस्ट हेयर, सान्त्वना राईले मिस टयालेन्ट, जुजुना दाहालले मिस सोसल वर्कर, एन्जेश शाहीले मिस लिडरसिप, महिमा श्रेष्ठले मिस डिस्पिलिन, मुना पाठकले मिस पङचुआलिटी, अंकिता थापाले वेस्ट स्माइल, सगुन श्रेष्ठले भ्यअर्स च्वाइस, रेजा खड्गीले फोटोजेनिक तथा मुस्कान केसीले मिस पपुलर एवार्ड जित्न सफल भए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतियोगिताको क्रममा नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईलाई किरात राई मौलिक कला सास्कृतिक केन्द्र तथा मिस राई-२०१५ समुहका फस्ट रनर्सअप सुप्रिया राई, स्नेहा राई, नज्मा राई, मिस कल्चर चाादनी राई, वेस्ट ड्रेस सृष्टीकला राई, किरात राई यायोक्खा काठमाडौं अध्यक्ष देवान राई तथा संगीतकार तथा प्राज्ञ शान्तीराम राईले सम्मान गरिएको थियो।

निर्णायक प्रतिस्पर्धाको क्रममा गायक अनिल थुलुङ, गायिका सूस्मा राई आदिले गीत-संगीतमार्फत समारोहलाई संगीतमय बनाएका थिए। नेशनल तेक्वान्दो एकेडमी चावहिलका खेलाडीहरुको विशेष प्रदर्शन तथा हाँस्यकलाकार निरु खड्काको हास्य प्रहसनले कार्यक्रमलाई रमाइलो बनाएको थियो। किरात बिन्द्रद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको संयोजन बन्दना कला केन्द्रका अध्यक्ष अर्पण राईले गरेका थिए।

SUBSCRIBE 👉