नायिका रेखाले अमेरिका वाटै दिईन संगीत निर्देशन, राजेशले गाए गीत


अभिनेत्री, निर्मात्री तथा फिल्म निर्देशक रेखा थापा यतिबेला अमेरिकामा छिन्। आफुले निर्माण गरेको पछिल्लो फिल्म ‘हिम्मतवाली’बाट निर्देशनमा डेब्यु गरेकी यी अभिनेत्रीले नयाँ फिल्म “राम प्यारी” मार्फत संगीतकारका रुपमा पनि डेब्यु गर्दैछिन्।

Rekha Thapa Rajesh Payal Raiरखाले संगीत दिएको ‘अर्को जुनी कुन्नी भेट हुने कि नहुने, यही जुनीमा माया गरु नी.…’ बोलको गीत हालै राजधानीको म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको छ। यो गीतमा रेकर्डमा संगीतकार रेखा आफै उपस्थित नभए पनि उनले भाईबरमार्फत भर्सटायल राजेशपायल राई र गीतका एरेञ्जर महाराज थापालाई निर्देशन दिदै गीतको रेकर्ड गरिएको थियो। ‘रेखाजीले अमेरिकाबाटै भाईबरमार्फत गीतको अन्तरा र लयबारे निर्देशन दिनुभयो,’गायक राजेशले भने,’म आफै प्रविधि संग नजिकबाट रमाइरहे पनि मेरो सांगीतिक करियरमा पहिलो पटक यसरी भाइबरबाटै निर्देशन पाएर गीत रेकर्ड गराएं।’

Rajesh Payal Rai Famous Singer of Nepalरेखाले सिर्जना गरेको संगीतको प्रशंसा गर्दै राजेशले गीतले दर्शकको मन जित्नेमा विश्वास व्यक्त गरे। किरण खरेलले लेखेको गीतको गायनमा राजेश सँग गायिका मनिषा पोखरेलले सहकार्य गरेकी छन्। ट्याम्पो ड्राईभरको कथा रहने फिल्मको निर्देशन सबिर श्रेष्ठले गर्दैछन। भाद्र २१ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममार्फत आभाष अधिकारी अभिनयमा डेब्यु गर्दैछन्। फिल्म नयाँ वर्षमा रिलिज हुने भनिएको छ।

SUBSCRIBE 👉