मिस सुपर ट्यालेन्ट नेपालको खोजी सुरु


Miss-Supertalentनेक्स्ट मोडलस् नेपालले ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ। ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ मा नेपालको प्रतिनिधित्व गर्न प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगीता आयोजना गर्न लागिएको हो। बिश्वभर हाम्रो सम्पदा र धरोहर महाभुकम्पको चपेटामा सुरक्षीत जस्ताको तस्तै रहेको सन्देश प्रवाह गर्न तथा नेपाली कला संस्कृतीलाई बिश्वका बिभिन्न मुलुकमा चिनाउन कार्यक्रमको आयोजना गरिन लागिएको आयोजक नेक्स्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले बताए।

प्रतियोगिताको लागि आवेदन समेत खुल्ला गरिसकिएको छ भने पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानिमा भएको छ। आयोजकका अनुसार १७ देखि २८ बर्षसम्मका अबिबाहीत युवतिहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन्। कम्तिमा ५ फिट ४ इन्च हाइट, शरिरमा तिन इन्च भन्दाबढी ट्याटु नभएको र न्युनतम प्लस २ अध्यायन सकाएका युवतीहरुले मात्र प्रतियोगीतामा आवेदन भर्न पाउने आयोजकले प्रावधान राखेको छ।

दुबै चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षणमा सहभागीता गराइनेछ। प्रशिक्षणका क्रममा उनिहरुलाई अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, ग्रुमिङ, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज पफमेन्सलगायत बिषयमा अत्याधुनिक बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइने छ।

SUBSCRIBE 👉