मिस नेपाल युएस प्रतियोगीलाई मिस वल्र्ड रनर अपको प्रशिक्षण


काठमाडौं । मिस नेपाल युएस २०१५ का सहभागिहरुले मिस वल्र्ड २०१० का फस्ट रनर अप एमा वारियसबाट प्रशिक्षण लिने भएका छन् । नेपालको इप्लानेटसँगको सहकार्यमा अमेरिकाको प्लानेट इन्कले आयोजना गर्न लागेको प्रतियोगिताका फाइनलिष्टहरुलाई एमाले पब्लिक स्पीकिङ, नेतृत्वदायी क्षमता विकास, ब्राण्ड व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिनेछिन् ।
Emmaलोरियाल फेसन सप्ताह, न्युयोर्क फेसन सप्ताह, लण्डन फेसन सप्ताहका साथै थुपै म्यागाजिनहरुको शोभा काम गरिसकेकी एमा बिल क्लिन्टन मलेरिया फाउन्डेसन, अफ्रिकन युनियन युथ लिग, युनिएड्स लगायतका संस्थाहरुका लागि ब्राण्ड एम्बेसडर एवं प्रवक्ता भएर काम गरिसकेकी छन् । अमेरिकामा बसोबास गर्दै आएका र हाल अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित प्रतियोगितामा १९ देखि २९ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउनेछन् । यसपटक आयोजकले प्रतियोगितालाई ‘रिबिल्डिङ नेपाल’ को नारा दिएका छन् ।

कार्यक्रमलाई भूकम्प पीडित नेपालीहरुलाई राहत र पून निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यलाई प्राथमिकतामा राखेको छ । प्रतियोगिता अगस्ट २० देखि २२ तारिखमा अमेरिकाको न्युयोर्कमा हुनेछ ।

SUBSCRIBE 👉