मिस टीन प्लस टु हुँदै


काठमाडौ । स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्स टु अध्ययन गरिरहेका किशोरीहरुबिच सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता ‘मिस टीन प्लस टु’ गराउने भएको छ । प्रतियोगिता साउन २० राजधानीको राष्ट्रिय नाचघरमा हुँदैछ ।
Miss Tin Plus Twoआयोजक स्टार वन इन्टरटेनमेन्टकी पुजा निरौलाले प्लस टुमा अध्ययनरत छात्राहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गर्न तथा उनीहरुलाई भविष्यको मार्ग निर्धारणमा सघाउन प्रतियोगिता गर्न लागेको बताइन् । प्रतियोगितामा राजधानीका विभिन्न कलेजमा अध्ययनरत डेढ दर्जन किशोरीहरुले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगि किशोरीहरुलाई कोरियोग्राफर अश्वीनी झाले कोरियोग्राफी गरिरहेका छन् भने नयाँ वानेश्वरको होटल रानी महलमा मास फेसिङ, ग्रमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, नेतृत्व क्षमता, व्यक्तित्व विकास, आर्टसलगायतको प्रशिक्षणव भईरहेको छ ।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई पूर्ण छात्रबृत्ती, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रियाको व्यवस्था, आईटीएल, टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिको इभेन्ट मेनेजमेन्टमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा रेणु सुवेदी, जस्मिन माझी, श्रेया आचार्य, देवयानी श्रेष्ठ, अश्मिता रिजाल, झरना लुईंटेल, पूजा श्रेष्ठ, सुचना कोइराला, सपना श्रेष्ठ, मनिता भुजेल, वर्षा सुब्बा, लुना लुईंटेल, सुदीक्षा भट्टराई, रजनी रावत, ओजश्वी जोशी, निक्की थापा र जिया मल्लले स्पर्धा गर्दैछन् ।

प्रतियोगिताबाट मिस टीन प्लस टुका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेष्ट पर्सनालिटी, मिस क्याटवक, वेष्ट आर्टवर्क, वेष्ट स्माइल, वेष्ट हेयर, वेष्ट स्कीन, मिस ट्यालेन्ट, मष्ट फ्रेण्डली, मिस कन्जिनियालीटी, व्युटी विथ पर्पस, मिस फोटोजेनिक, मिस मेनेजमेन्ट च्वाईस, भिवर्स च्वाईस, फेसबुक च्वाईस, मष्ट पपुलरलगायतका उप उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।

SUBSCRIBE 👉