राते काइँलालाई लाइफटाइम अवार्ड


काठमाडौं । चर्चित नेपाली कलाकार सुनिल थापा ‘राते काइँला’लाई अमेरिकामा आयोजना हुन लागेको ‘फेस्टिबल अफ ग्लोब’मा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । आगामी अगष्ट १५ मा आयोजना हुन लागेको कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिन लागिएको हो ।
Sunil Thapaबलिउड फिल्म ‘एक दुजेके लिए’बाट अभिनय यात्रा थालेका उनी नेपालमा फिल्म ‘चिनो’बाट रातेकाइलाका रुपमा चर्चित बनेका थिए । फेस्टिबलका ग्लोबल लिडर प्रकाश थापाले फेसबुकमा थापालाई लाइफटाइमबाट सम्मान गरिन लागिएको जानकारी दिएका हुन् ।

लामो समय पछि बलिउड फिल्म ‘मेरी कोम’मार्फत बलिउडमा पुनरागमन गरेका सुनिल यो फिल्ममा अभिनेत्री प्रियंका चोपडाको बक्सिङ गुरु बनेपछि थप चर्चामा आएका थिए । थापाले फेसबुकमा नै आफु सम्मानित हुन लागेको पाउँदा खुशी लागेको बताएका छन् ।

SUBSCRIBE 👉