हेयर स्टाइलिष्ट निललाई पितृशोक


काठमाडौं । हेयर स्टाईलिष्ट निल डेभिड कटुवालालई पितृशोक परेको छ । उनको पिता कृष्णबहादुर कटुवालको बुधबार उपचारका क्रममा निधन भएको हो । केही समयदेखि मुटुको समस्यासँग जुधिरहेका कृष्णबहादुरको उपचारको क्रममा भारतको सिलगुढीस्थित अस्पतालमा निधन भएको हो । उनी ७३ वर्षका थिए।

Neil Fatherस्व. कटुवाल राजनीतिज्ञका साथै समाजसेवी र शिक्षासेवी थिए । उनी झापाको घैलाडुबा गाविसमा २ पटकसम्म अध्यक्ष भएका थिए । स्व. कटुवालको परिवारमा पत्नी, निलसहित २ छोरा र छ छोरी छन् । स्व. कटुवालको अन्तिम संस्कार भोलि बिहान झापामा गरिने भएको छ । केही छोरी भारतमा रहेकाले उनीहरु झापा आएपछि अन्तिम संस्कार गर्ने तयारी कटुवाल परिवारले गरेको छ ।

SUBSCRIBE 👉