तीन प्रतियोगिताको ट्यालेन्ट शो


काठमाडौं । राजधानीमा शनिबार एकै दिन भिन्दाभिन्दै कार्यक्रमका बिच तीन सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट शो भएको छ । स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्स टु अध्ययन गरिरहेका किशोरीहरुबिच आगामी साउन २० गते राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गर्न लागेको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता ‘मिस टीन प्लस टु २०१५’ तथा अल नेपाल पब्लिकेशनले एक दिनको फरकमा आगामी २० र २१ गते आयोजना गर्न लागेको क्रमशः ‘प्लस टु आइकन २०१५’ र ‘मिसेस नेपाल आइकन २०१५’ का लागि फरक–फरक कार्यक्रमका बिच ट्यालेन्ट शो गरेको हो ।
Miss Teen Pluss Twoशोमा तीन प्रतियोगिताका प्रतियोगितहरुले उत्साहपूर्ववक नृत्य, गायन, संगीत, चित्रकला, वत्तृत्वकला, अभिनय र खेल प्रतिभा प्रदर्शन गरेका थिए । सहभागीहरुको प्रतिभाका आधारमा एक–एकजनालाई मिस र मिसेस ट्यालेन्टको उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन् । तीनै प्रतियोगिताको कोरियोग्राफी भारतका प्रख्यात कोरियोग्राफर कौशिक घोषका प्रतिभाशाली नेपाली चेला अश्विनी झाले गरिरहेका छन् ।

‘मिस टीन प्लस टु २०१५’ मा सहभागी किशोरीहरुलाई पूर्ण छात्रबृत्ती, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रिया तथा आईटीएल–टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको पूजा निरौलाले बताईन् । रिबन इन्टरटेनमेन्ट प्रालिको इभेन्ट मेनेजमेन्टमा सम्पन्न हुने प्रतियोगिताबाट मिस टीन प्लस टुका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेष्ट पर्सनालिटी, मिस क्याटवक, वेष्ट आर्टवर्क, वेष्ट स्माइल, वेष्ट हेयर, वेष्ट स्कीन, मिस ट्यालेन्ट, मष्ट फ्रेण्डली, मिस कन्जिनियालीटी, व्युटी विथ पर्पस, मिस फोटोजेनिक, मिस मेनेजमेन्ट च्वाईस, भिवर्स च्वाईस, फेसबुक च्वाईस, मष्ट पपुलरलगायतका उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन् ।
Talent Showत्यसै गरी मिसेस नेपाल आइकन २०१५ र प्लस टु आइकनमा प्रमूख विजेताका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप चयन गरिने आयोजक अल नेपाल पब्लिकेसनका प्रबन्धक निर्देशक लब बहादुर कार्कीले जानकारी गराए । उनका अनुसार यसबाहेक वेष्ट क्याटवक, मिस ट्यालेन्ट, मिस फोटोजेनिक, वेष्ट आर्टवर्क, वेष्ट पर्सनालिटी, मष्ट एक्टिभ, सोसियली रेष्पोन्सीबल, वेष्ट फिजीक, वेष्ट हेयर, वेष्ट स्कीन, मष्ट पपुलर, फेसबुक च्वाईस, मिस कन्जिनियालीटी, मष्ट फ्रेण्डलीजस्ता उप उपाधि पनि प्रदान गरिनेछ ।

SUBSCRIBE 👉