साउन २३ मा मिस प्लस टुको अडिसन


काठमाडौं । केही समय अघि ‘मिस एसएलसी–२०१५’ को सफल आयोजना गरेको बन्दना कला केन्द्रले ‘मिस प्लस टु–२०१५’ आयोजना गर्ने भएको छ । केन्द्रले यो प्रतियोगिताका लागि आवेदन फाराम खुला भएको जानकारी दिदै आगामी साउन २३ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गर्दैछ।
Miss Plus Two

उच्च शिक्षाका लागि प्रँरम्भिक खुड्किलो टेक्दै गरेका छात्राहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कक्षा ११ तथा १२ मा अध्ययनरत किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । काठमाडौं बाहिर गत साउन १५ गते अडिसन सम्पन्न भैसकेको संस्थाका प्रमुख अर्पण राईले बताए ।

राजधानी बाहिरका शहरहरु धरान, बुटवल, पोखरा, विराटनगर, दमक, भरतपुर, भैरवा लगायतमा आवेदन भर्न सकिने आयोजक संस्थाले जनाएको छ । अडिसनमा सफल हुने प्रतिस्पर्धिले मात्र मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । छनौटमा परेका प्रतिस्पर्धिहरुलाई ग्रुमिङ क्लास, पसर्नालिटि डेभलोपमेन्ट, सेलिब्रेटीसंगको अनौपचारिक कक्षा दिइनेछ । उनीहलाई नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष्य दिनेश डिसीले व्यक्तित्व विकास सम्बन्धी कला तथा नेपाली चलचित्र तथा मोडलिङ बारेमा तालिम प्रदान गर्नेछन् । निर्णँयक प्रतियोगितामा विजयी हुने एक जनाले उपहार स्वरुप स्कूटर पाउनेसमेत आयोजकले दावी गरेको छ ।