रकम जुटाउन पाँच शहरमा कन्सर्ट


Concertकाठमाडौं । सिन्धुपाल्चोकको हैबुङका भूकम्प पीडितहरुलाई घर बनाउन देशका प्रमुख पाँच सहरमा च्यारिटी कन्सर्ट हुने भएको छ । बुद्धकुमारी फाउण्डेसन नामक सामाजिक संस्थाले धरान, पोखरा, चितवन, बुटवल र काठमाडौंमा कन्सर्ट गर्न लागेको हो ।

संस्थाका संस्थापक तथा निर्देशक बसुधा राईले कन्सर्टबाट उठेको रकमले हैबुङमा घरसँगै विद्यालय र एक मात्र स्वास्थ्य चौकी बनाउन लागेको बताईन् । ‘हामी कन्सर्टसँगै पर्यटन प्रबद्र्धनमा पनि जोड दिनेछौं ।’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बसुधाले भनिन् ।

फाउण्डेसनका अनुसार द स्याडोज नेपाल, द एज बेण्ड, लाहुरे र उनको व्याण्ड तथा रविन एण्ड द न्यू रिभोल्युसनले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा अभिनेता सुनिल थापाले भूकम्प पीडितहरुको सहयोगार्थ कन्सर्ट हुन लागेकोले आम नेपालीको सहभागिताको आव्हान गरे ।

SUBSCRIBE 👉