काठमाडौं । वैशाख १२ गतेको विनाशकाी भूकम्प पछि विशेषत म्युजिक भिडियो बनिरहेका बेला निर्माता अनिल बुढाथोकीले फिल्म ‘कम्पन’ निर्माण गरेका छन् । विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर बनिरहेको फिल्मका निर्देशक दिनेश पौडेल हुन् ।
निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन काठमाडौं र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा गरिएको छ । ‘भूकम्पको कम्पनले मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर फिल्म बनाउने प्रयत्न गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्मले दर्शकलाई भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुन सम्झाउनेछ ।’
फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदी कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो फिल्मलाई मंसिरमा हलमा ल्याउने तयारी भईरहेको निर्माता अनिल बुढाथोकीले बताए ।