भदौ १२ मा लिटिल मिस वल्र्ड


काठमाडौं । नेप्लिज काउन्सिलको आयोजनामा बालप्रतिभा प्रर्दशन एवं संस्कृति संवद्धन गर्ने उद्देश्यले राजधानीमा ‘पाचौं लिटल मिस वल्ड नेपाल–२०१५’ हुने भएको छ । नौ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहने प्रतियोगिता भदौ १२ गते हुँदैछ ।

काउन्सिलका कार्यकारी निर्देशक तथा लिटल मिस वल्डको लागि नेपाल पेजेन्टका राष्ट्रिय निर्देशक दिपेन्द्र रत्न शाक्यका अनुसार प्रतियोगिता उपाधि जित्नेले यही आउँदो आश्विन १० देखि १७ गते टर्कीको अन्टालियामा हुने १५औं लिटल मिस वल्ड २०१५मा विभिन्न राष्ट्रहरुको सहभागीतामा नेपालको तर्फबाट भाग लिन पाउने छ ।
Little Miss Worldविगत वर्ष विपाश्वी पौडेल ,सुप्रिया मास्के र विपना अधिकारी नेप्लिज काउन्सीलको आयोजना विजयता भई टर्कीमा विभिन्न शिर्ष उपाधि जित्न सफल भएकी थिइन् । गत वर्ष २०१४ मा पनि भेनस पब्लिक स्कुलकी १३ वर्षिय गरिमा ज्ञवाली, जेम्स स्कुलकी जेसिका सिम्खडा र ग्यालेक्सी पव्लिक स्कुलकी सबाना गुरुड्डले नेप्लिज काउन्सीलको आयोजना विजयता भई टर्कीमा क्रमश लिटल मिस पर्सनालिटी ,प्रथम टिन प्रिन्सेश अफ ड वल्र्ड र पा“चौ टिन प्रिन्सेश अफ ड वल्र्ड २०१४ शिर्ष उपाधि जित्न सफल भएकी थिइन् । नेपालमा ३९ प्रतियोगी प्रतिष्पर्धा गर्दैछन् ।

लिटिल मिस वल्र्ड नेपालमा विजेता हुनेले ३० हजार बरावरको शैक्षिक सहायता तथा टर्कीमा जादा लाग्ने सम्पूर्ण खर्च आयोजकबाट प्राप्त गरिने छन् । त्यसको साथै लिटल मिस पपुलर, ट्यालेन्ट, क्युट, फोटोजेनिक, डिसिप्लेन, फ्रेण्डशीप, पंचुआलिटी, बेस्ट हेयर, वेस्ट स्किन लगायत नेप्लिज काउन्सिल मोडल अफ द एयर २०१५ टाईटल समेत वितरण गरिनेछ ।

SUBSCRIBE 👉