हामी एक हौंमा झल्कियो राष्ट्रियता


Mina Singh

काठमाडौं । प्रदेशका नाममा देशभर आन्दोनल भईरहँदा गायक प्रमोद खरेल र गायिका मिना सिंहको ‘हामी एक हौं’ बोलको राष्ट्रियताले भरिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रुपेश मास्केको शब्द र विनोदकुमार भुजेलको संगीतमा तयार भएको गीतको भिडियोमा डा. भोला रिजाल, गायक युवराज गुरुङलगायतले फिचरिङ गरेका छन् । भिडियोमा विभिन्न जातजातिका भेषभुषा लगाएर कलाकारहरुले राष्ट्रिय झण्डा बोकी मोडलिङ गरेका छन् । म्युजिक भिडियोका निर्देशक सागरचन्द्र प्रधान हुन् ।

SUBSCRIBE 👉