मिस डिभामा १६ सुन्दरी


पोखरा । युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको उज्ववल भविष्य निर्माण गर्ने उद्देश्यसहित ब्लुरेज प्रोडक्शन प्रालिको आयोजनमा पोखरामा हुन लागेको ‘मिस डिभा २०१५’का प्रतियोगीहरु प्रशिक्षणमा जुटेका छन् ।

प्रतियोगितामा रेजिना गुरुङ, साल्मा गुरुङ, श्रृष्टि आचार्य, सलोनी पुन, निर्मला गुरुङ, उषा बराल, अमिशा बराल, ज्योत्सना आचार्य, यूकी क्षेत्री, ऐश्वर्या तण्डुकार, जश्मी क्षेत्री, विनिता गुरुङ, समना बैदार,विना गुरुङ, शुस्मिता पुन, सुस्मिता थापा मगर, र सनिता कराखलगायत १६ प्रतियोगीहरु फिनालेका लागि भिड्दैछन् । उनीहरु हाल पोखराको चिप्लेढुंगास्थित डि भिलेज रेष्टुरेण्टमा प्रशिक्षण लिइरहेका छन् ।
Miss Divaप्रतियोगिताका संयोजक सागरबाबु गिरीका अनुसार प्रशिक्षणमा क्रममा प्रतियोगीले वक्तृत्व कला, नेतृत्व विकास, व्यक्तित्व विकास तथा डिजे प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई हिमालय टेलिभिजनका पोखरा व्यूरो प्रमुख एवं द मिडियाज कलेक्शनका अध्यक्ष जीवन सुवेदी, सलिना गुरुङ, अनुषा श्रेष्ठ र प्रनभ गुरुङ, विट्स एकेडेमीका डिजे सस्पोईजन र डिजे सनिसले प्रशिक्षण दिईरहेका छन् ।

यही भदौ २६ गते प्रतियोगीताको अन्तिम स्पर्धा हुनेछ । प्रतियोगीतामा शिर्ष सहित फष्ट रनरअफ,सेकेन्डरनर अफका साथै बिभिन्न दर्जन बिधामा बिजेता छानिने छ । प्रतियोगीताको सुपरभिजन रिभन ईण्टरटेन्मेन्ट काठमाडौ र सुरजकुमार गुरुंङले गरिरहेका छन् ।

SUBSCRIBE 👉