सुपर मोडलमा ४० सुन्दरी


काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिले देशभरका युवतीहरुलाई लक्षित गर्दै व्यवहारिक रुपमा परीक्षा लिएर आयोजना गर्न लागेको ‘सुपर मोडल कन्टेष्ट २०१५’मा देशभरका ४० सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले प्रतियोगीलाई आप्mनो कम्पनीको विशेष ब्रान्डका रुपमा सम्पन्न गर्ने बताउँदै प्रतियोगीहरुको मूल्यांकन व्यवहारिक परिक्षाको आधारमा गरिने जनाए ।

उनका अनुसार हरेक विधा वा उप–उपाधिका लागि अन्तिम स्पर्धाअगाडि नै सम्बन्धित विज्ञबाट मूल्यांकन गरिनेछ, हरेक उप–उपाधिका लागि कक्षाको भोलिपल्टै मूल्यांकन परिक्षा गरिनेछ । ‘ती विधाका विजेताको नाम भने अन्तिम स्पर्धाका दिन घोषणा गरिनेछ, प्रमूख उपाधि तथा फष्ट, सेकेण्ड र थर्ड रनरअपको चयन भने अन्तिम स्पर्धाकै दिन गरिनेछ ।’ उनले भने । ५० प्रतिशत लिखित प्रश्नोत्तर र ५० प्रतिशत मोडलिङसम्बन्धी प्रयोगात्मक क्रियाकलापबाट विजेता चयन गरिने आयोजकले जनाएका छन् ।
Super Modelप्रतियोगिमा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड र थर्ड रनरअपसँगै मिस क्याटवक, मिस पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, मिस व्युटीफुल, सोसिएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, मिस ट्यालेण्ट, वेष्ट स्पीच, मिस फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेण्डली, वेष्ट फिजीक र वेष्ट हेयर विधामा विजेता छानिने छन्।

कन्टेष्टमा सहभागी प्रतियोगिहरुलाई कोरियोग्राफी, ग्रुमिङ, स्वीमिङ, व्यक्तित्व विकास, चित्रकला, श्रृंगार, जुम्बाजस्ता विषयमा तालिम प्रदान गरिने प्रतियोगिताका कोरियोग्राफर अश्वीनी झाले बताए । प्रतियोगिहरुलाई कोरियोग्राफर झाले कोरियोग्राफी सिकाइरहेका छन् भने अर्का कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले ग्रुमिङको कक्षा लिईरहेका छन् । प्रतियोगिहरुलाई मोडलिङबारे ज्ञान प्रदान गर्नका लागि यसै महिना पोखरामा भिन्दै फेशन शोमा समेत उतारिने भएको छ भने विजेतालाई १ वर्षको मोडलिङ कन्ट्याक्टका साथमा म्युजिक भिडियोमा मोडलिङको अवसर र एयर होस्टेज अध्ययनका लागि छात्रबृत्ती, नेपालमै पहिलोपटक कम्प कार्ड (पोर्टफोलियो) प्रदान गरिने आयोजकले जनाएका छन् ।

SUBSCRIBE 👉