पोखरामा शनिवार आवाज कन्सर्ट


काठमाडौं । भूकम्प पीडितको सहयोगार्थ बुद्धकुमारी फाउन्डेशनले शुरु गरेको आवाज सांगितीक यात्रा पोखरामा पुगेको छ । पोखरास्थित प्रदर्शनी केन्द्रमा फाउन्डेशनले शनिवार कन्सर्ट गर्दैछ । कन्सर्टमा कभवेभ ब्याण्ड, रविन एण्ड दि न्यू रिभोलुसन, द स्याडोज नेपाल, आउटसाइडर ब्याण्ड, लाहुरे र उसको ब्याण्डले प्रस्तुति दिने छन् । कार्यक्रममा डिजे सेसन समेत हुनेछ ।
Aawaj Concert‘हामीले सिन्धुपाल्चोकस्थित भूकम्प प्रभावित गाउँ हाइबुङमा भत्किएका संरचना पुनःनिर्माणका लागि यो अभियान थालनी गरेका हौँ,’फाउण्डेशनकी संस्थापक बसुधा राईले भनिन्, ‘यो यात्रा देशका मुख्य पाँच शहरमा गर्ने लक्ष्य हो । पोखरापछि काठमाडौँ, बुटवल र चितवनमा गर्नेछौँ । कन्सर्टबाट उठेको सम्पुर्ण रकम हाइबुङको पुनःनिर्माणमा खर्च गरिनेछ ।’

फाउण्डेसनका व्यवस्थापक सरुजन तुलाधरले हाइबुङमा भूकम्पले भत्काएको स्कुल पुनःनिर्माणको काम शुरु गरिसकेका जनाउँदै क्लिनिक स्थापना गर्नका लागि काम भइरहेको बताए । यो कार्यक्रमलाई टुबोर्ग, रोयल स्टग र यति एयरलाइन्सले प्रायोजन गरिदिएको छ ।

फाउण्डेशनले विपन्न तथा अनाथ बालबालिकाको संरक्षण र हकहितका क्षेत्रमा काम गर्दै आइरहेको छ । एकमहिना अघिमात्र संस्थाले भूकम्प प्रभावित र विपन्न वर्गका गरि १० जना बालबालिकालाई अध्ययनको व्यवस्था गरिदिएको थियो भने राजधानीको इन्द्रायणीका १९ भूकम्प पीडित परिवारका लागि अस्थायी घर निर्माण गरिदिएको छ ।

SUBSCRIBE 👉