पोखरामा देखियो सुन्दरीको फेसन


काठमाडौं । काठमाडौं र पोखराका युवतीहरुको सहभागीतामा शनिबार पोखरामा आकर्षक फेशन शो सम्पन्न भएको छ । रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा हुन गईरहेको सुपर मोडल कन्टेष्ट २०१५ तथा ब्लु रेज र आइरिस व्युटी पार्लरले पोखरामै हुने मिस डिभा पोखराका प्रतियोगीहरुको सहभागीतामा फेशन शो सम्पन्न भएको हो ।
Model Fashionगीत संगीत र हास्य प्रस्तुतिका साथ सम्पन्न फेशन शोमा सुपर मोडल कन्टेष्ट २०१५ का ३२ तथा मिस डिभा पोखरका १७ प्रतिस्पर्धी ¥याम्पमा सहभागी भएका थिए । सहभागीहरुले आफुलाई विभिन्न सिक्वेन्समा प्रस्तुत गरेका थिए । सुपर मोडल कन्टेष्ट २०१५ स्पर्धीहरुलाई कोरियोग्राफर अश्वीनी झा र मिस डिभा पोखरका स्पर्धीहरुलाई सलीना गुरुङले कोरियोग्राफी गरेका थिए ।
Fashion Showपोखरास्थित लिगेसी होटलमा आयोजित फेशन शोमा हास्य कलाकार महादेव त्रिपाठीले जादुका साथ हास्य प्रस्तुति प्रस्तुत गरेका थिए भने गायक भरत समरीले आप्mना दुई गीत प्रस्तुत गरेका थिए । डिजेइङ र डान्स पार्टीसहितको कार्यक्रम भुवनप्रकाश आचार्यको प्रमूख आतिथ्यता तथा पत्रकार विदुर गिरी, फिल्म निर्देशक सुमन दाहाल, नेत्र गुरुङ, प्mलाइटेकका प्रमूख कार्यकारी अधिकृत नाजिर हुसेनलगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिस्पर्धामा रहेका युवतीहरुलाई व्यवहारिक अनुभव दिलाउन फेशन शोको आयोजना गरिएको रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए ।

SUBSCRIBE 👉