सुपर मोडल कन्टेष्ट २०१५ का स्पर्धीहरुको प्रतिभा


रिवन इन्टरटेनमेन्टले आगामी असोज १० गते राजधानीमा आयोजना गर्न लागेको सुपर मोडल कन्टेष्ट २०१५ का स्पर्धीहरुले मंगलबार मिस ट्यालेन्ट उप उपाधिका लागि प्रतिभा प्रस्तुत गरेका छन्। राजधानीमा आयोजित ट्यालेण्ट शोमा सुपर मोडल कन्टेष्टका सबै प्रतिस्पर्धी सुन्दरीले आफु भित्र लुकेको प्रतिभा प्रदर्शन गरेका हुन्। ट्यालेन्ट शोमा सहभागी सुन्दरीहरुले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा फिल्म निर्देशक सुमन दाहाल, पत्रकार तथा लेखक सरोज प्याकुरेल, अभिनेत्री खुश्बु खड्का, फ्लाइटेकका कार्यकारी प्रमूख अधिकृत नाजिर हुसैन, एसियन कलेज अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजीका अध्यक्ष नितेश शाह रहेका थिए।

Super Model Contest Talent Showकन्टेष्टलाई कम्पनीको विशेष ब्रान्डका रुपमा सम्पन्न गर्ने जानकारी गराउँदै रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले यो प्रतियोगिताका प्रतियोगीहरुको मूल्यांकन सैद्धान्दिकरुपमा नभई, व्यबहारिक परिक्षाको आधारमा गरिने बताए। उनका अनुसार हरेक विधा वा उप उपाधिका लागि अन्तिम स्पर्धाअगाडि नै सम्बन्धित विज्ञबाट मूल्यांकन गरिएको छ। अश्वीनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धा आगामी १० गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। प्रतियोगितामा प्रमूख उपाधि तथा फष्ट, सेकेण्ड र थर्ड रनरअपको चयन भने अन्तिम स्पर्धाकै दिन गरिनेछ।

प्रतिोयोगिमा मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड र थर्ड रनरअपसँगै मिस क्याटवक, मिस पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, मिस व्युटीफुल, सोसिएबल, व्युटी विथ पर्पोज, बेष्ट आर्टवर्क, मिस ट्यालेण्ट, वेष्ट स्पीच, मिस फोटोजेनिक, वेष्ट स्माइल, मष्ट पपुलर, बेष्ट डिसीप्लेन, वेष्ट स्माइल, मष्ट फ्रेण्डली, वेष्ट फिजीक र वेष्ट हेयर विधामा विजेता छानिने आयोजकले जनाएका छन्।

SUBSCRIBE 👉