विजयलाई मिस्टर इन्डनवर्ग उपाधि


काठमाडौं । लण्डनस्थित नेपाली मोडल विजय डंगोल ‘मिष्टर इन्डनवर्ग’को तर्फबाट ‘द ब्रिटिस एम्पायर पेजेन्ट २०१५’ को ‘मिष्टर इन्डनवर्ग’को उपाधिबाट सम्मानित भएका छन् ।

हालै म्याक्रुयुरी लण्डनको वाटफोर्ट होटल विटफोर्ट सहरमा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको थियो । ४३ वर्षीय डंगोल गत वर्षदेखि अबसेसन मोडलिङ एजेन्सीमा कार्यरत छन् । उनले इडेनवर्ग स्कटल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए।
Vijay-Modelसानैदेखि फेसनका सौखिन उनी लामो समयदेखि यसै क्षेत्रमा कार्यरत छन । ’म यो उपाधिले एकदमै गौरवान्वित भएको छु,’ उनले भने, ’द इन्टरनेशनल ब्रिटिस एम्पायर पेगेन्ट २०१५ को उपाधी लिन पाउँदा एकदमैं खुशीको अनुभूति भइरहेको छ ।’ म्युजिक र गायनका समेत सौखिन विजय सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी नेपाल स्कटल्याण्ड एशोसिएसनका क्रियाशील सदस्य समेत हुन् ।

SUBSCRIBE 👉