भुमिका र पियुस बने मिस्टर एण्ड मिस राजधानी २०१५


‘मिस राजधानी २०१५’को उपाधी भुमिका खड्काले जितेकी छन् भने ‘मिस्टर राजधानी २०१५’मा मिष्टर राजधानी तर्फको उपाधि पियुस कर्णले जितेका छन्। खड्काले १७ प्रस्तीस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। पियुसले २४ प्रतियोगीलाई पछि पार्दै उपाधि हासिल गरेका हुन्। दुबै बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र ,म्युजिक भिडियो अभिनय अवसरकासाथै बिभिन्न गिफ्ट पुरस्कारका रुपमा प्राप्त गरेका छन्। मिस्टर एण्ड मिस राजधानी एक्सपोज नेपालले शुक्रबार साँझ आयोजना गरेको हो।

mr and miss rajdhani 2015जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मिस राजधानी तर्फ सिजु सिंह ठकुरी फष्ट रनर अप र आष्मा केसी सेकेन्ड रनरअप घोषित हुदा मिस्टर राजधानी तर्फ मौसम अधिकारी र मधुसुदन ध्वज कार्की क्रमश फष्टरनर अप र सेकेन्ड रनर अफ चुनिए। युवायुवतीको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको प्रतियोगीताको अन्तिम स्पर्धामा स्वास्थ्य तथा जनसंख्या मन्त्री अर्जुन नर्सिह केसी, माननिय असोक कोइराला, निर्माता नायक मधुकुमार श्रेष्ठ, नेता देबेन्द्र राज पौडेल, सिटिजन भण्डारीलगायत अतिथी रहेका थिए।

स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको प्रतिभा जाच्ने जर्जको भुमिकामा अभिनेता रेश मरहठ्ठा, अधिवक्ता कृष्ण कुमार , चलचित्रका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी, अभिनेत्री सरिता लामिछाने, समाजसेवी मोहन बस्नेत ,मोडल जानवी केसी ,निर्माता अनिल संग्रौलालगायत रहेका थिए।

प्रतियोगीताले राजधानीका युवायुवतीको प्रतिभा र क्षमतालाई बिस्तार गर्ने आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीको बताए। दुबै प्रतियोगीता तर्फ बिभिन्न दर्जन उप–शिर्षकामा बिजेता चुनिएका थिए।

SUBSCRIBE 👉